Logo

एनआइसी एशिया बैंकका सिइओ न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान

एनआइसी एशिया बैंकका सिइओ न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एनआइसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन कुमार न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान गरेकी छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६र०५र३१ को निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस ९राष्ट्रिय दिवस० का अवसरमा सम्माननीय राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएको थियो ।

सोहिअनुसार शुक्रबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच राष्ट्रपतिबाट उक्त विभूषण प्रदान गरिएको बैंकले जनाएको छ ।

सोही विशेष समारोहका बीच सम्माननीय राष्ट्रपतिले बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई ‘जनसेवा श्री ९पञ्चम०’ विभूषण प्रदान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL