Logo

सिद्धार्थ बैंकको सामाजिक उत्तरदायित्व, नेपाल आँखा अस्पताललाई पाँच लाख नगद सहयोग

सिद्धार्थ बैंकको सामाजिक उत्तरदायित्व, नेपाल आँखा अस्पताललाई पाँच लाख नगद सहयोग



काठमाडौ । सिद्धार्थ बैंकले त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई टोकन सिष्टम लागु गर्नको लागि सहयोग स्वरुप पाँच लाख आर्थिक सहयोग गरेको छ । सो रकम बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले नेपाल आँखा अस्पतालका अध्यक्ष डा। गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन ।

बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले अस्पतालमा आउने सेवाग्राहीहरुको सुविधा तथा छिटो छरितो सेवा प्रदान गर्नको लागि अस्पतालका विभिन्न ब्लकहरुमा टोकन सिष्टम लागु गर्न उपयोग गर्नेछ । उक्त सिष्टमले अस्पतालमा व्यवस्थित रुपमा सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता दिंदै जाने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL