Logo

सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित



काठमाण्डौ । साग्रिला डेभलपमेन्ट बैंकले आफ्नो सोह्रौं वार्षिक साधारण सभा भौतिक तथा अनलाइन प्रविधिमार्फत सम्पन्न गरेको छ ।

सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४ सयको ५ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूजीको 0.२६३२ प्रतिशतले हुन आउने रकम ६८ लाख ५९ हजार ५ सय ८० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै आ.व. ०७६/७७ को वित्तिय विवरण पारित तथा आ.व.०७७/०७८ को लागि लेखा परिक्षक नियुक्ति लागायतका प्रस्ताव पारित गरी सोहौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बैंकले देशभर ९५ शाखा कार्यालयहरु, ३१ एटिएम मार्फत सेवा दिदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL