Logo

मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोडको ऋणपत्र निष्काशन गर्दै, विक्री प्रवन्धकमा सानिमा क्यापिटल नियुक्त

मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोडको ऋणपत्र निष्काशन गर्दै, विक्री प्रवन्धकमा सानिमा क्यापिटल नियुक्त



काठमाडौं । मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको मुक्तिनाथ डिबेन्चर निष्काशन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकको डिबेन्चर निष्काशनका लागि सानिमा क्यापिटललाई नियुक्त गरिएको छ । डिबेन्चर बिक्री प्रबन्धक सम्झौता–पत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरेका हुन् ।

बैंकले १ अर्ब २५ करोड ऋणपत्रको ६० प्रतिशत (अर्थात ७५ करोड रुपैयाँ ) व्यक्तिगत तवर मार्फत् र ४० प्रतिशत ( ५० करोड रुपैयाँ ) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधि मार्फत् निष्काशन गरिनेछ । अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने यस ऋणपत्रको अवधि ७ वर्षको हुनेछ ।

ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचिकरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL