Logo

कामना सेवाद्वारा बुटवलका अटो व्यवसायीहरुलाई क्यूआर कोड वितरण

कामना सेवाद्वारा बुटवलका अटो व्यवसायीहरुलाई क्यूआर कोड वितरण



काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवल स्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएशन आवद्ध अटो व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरेको छ ।

आम नागरिक माझ डिजिटल बैकिङ सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित बैंकले एसोसिएशनको रजत जयन्ती तथा २५औं वार्षिक साधारणसभाको अवसर पारेर क्यूआर कोड वितरण गरेको हो ।

नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रर्वद्धन गर्ने साथै ग्राहक तथा व्यवसायीहरुलाई सहज रुपमा डिजिटल बैकिङ्ग सेवाको पहँुच पुर्याउने लक्ष्यका साथ बैंकले एसोसिएशनमा आवद्ध ८२७ व्यवसायीलाई क्यूआर कोड वितरण गरेको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी र कामना सेवा विकास बैंक बुटवल प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा क्यूआर कोड बुटवल अटो इन्जिनियरिङ एसोसिएशनका अध्यक्ष बाबुलाल पाण्डेमार्फत व्यवसायीहरुलाई वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL