Logo

प्रभु बैंकद्वारा नेपाल औषधि व्यवसायी संघसँग साझेदारी, औषधि व्यवसायीहरुलाई क्यूआर कोडको

प्रभु बैंकद्वारा नेपाल औषधि व्यवसायी संघसँग साझेदारी, औषधि व्यवसायीहरुलाई क्यूआर कोडको



काठमाडौं । नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश र प्रभु बैंक बीच बैंकिङ्ग साझेदारी गर्ने सम्झौता भएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा फाइदाहरु बारे जानकारी गराउँदै औषधि व्यवसायीहरुलाई क्यूआर कोडको वितरण गरे ।

शुक्रबार लुम्बिनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोह बीच प्रभुका प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली​ले हस्ताक्षर गरे ।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष शिव ज्ञवालीले यस सम्झौताले आगामी दिनमा बैंक तथा ब्यवसायी बीच सुमधुर सम्बन्ध हुनुका साथै ब्यवसाय विस्तार तथा प्रबर्धनमा उल्लेख्य टेवा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL