Logo

नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन्सबीच सम्झौता, कृषि प्राविधिकहरुलाई सहयोग गरिने

नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन्सबीच सम्झौता, कृषि प्राविधिकहरुलाई सहयोग गरिने



काठमाडौं । नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन्स प्रालिबिच सम्झौता भएको छ । शुक्रबार बैंक र कम्पनीबीच कृषि प्राविधिकहरुलाई आवश्यकता अनुसार बैंकको कर्जानितिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने गरी सम्झौता भएका हो ।

उक्त सम्झौतापत्रमा नबिल बैंकका एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) र आरएण्डडी इनोभेटिभ सोलुसन्स प्रालिका सुनिता न्हेम्हाफुकीले हस्ताक्षर गरेका हुन् ।

नबिल बैंकले आफ्नो देशभर १ सय १९ वटा शाखा कार्यलयहरु, १ सय ८५ एटिएम र १ हजार ५ सय भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको वृहत सन्जालमार्फत सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्