Logo

मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा बिस्तार, अब अटो रिक्सामा पनि सेवा सुरु

मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा बिस्तार, अब अटो रिक्सामा पनि सेवा सुरु



काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि।को क्यूआर सेवा अटो रिक्सामा पनि सुरु भएको छ ।

गोपिगंज, टाँडी, धनकुटा र  काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइनानै भुक्तानी गर्न मिल्ने भएको छ र यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुबैले लाभ लिन सकिने बैंकले जनाएको छ ।

यस कार्यबाट अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा बापतको रकम रिक्सामा भएको क्यू.आर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।  क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्ने गराउने सम्बन्धमा बैंकका शाखा प्रबन्धकहरुले अटो रिक्साका चालकहरुलाई आवश्यक प्रशिक्षण समेत दिएका थिए ।  

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL