Logo

साढे २ महिनापछि राष्ट्र बैंकको आन्दोलन स्थगित, ३२ वटा मागमा सहमति

साढे २ महिनापछि राष्ट्र बैंकको आन्दोलन स्थगित, ३२ वटा मागमा सहमति


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकमा साढे २ महिनादेखि कर्मचारीले गर्दौ आएको आन्दोलन स्थगित भएको छ । तलव, भत्ता तथा अन्य सेवासुविधाजस्ता विषयमा राष्ट्र बैंकले पुनरावलोकन गर्ने सहमति गरेपछि कर्मचारीले आन्दोलन स्थगित गरेका हुन् ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघले भदौं २२ गतेदेखि विभिन्न ३७ सुत्रिए माग राखी आन्दोलनमा उत्रिएका थिए ।

वार्ता समितिमा  बैंक व्यवस्थापनका तर्फबाट डेपुटी गभर्नर गोपाल काफ्लेको संयोजकत्वमा अर्का डेपुटी गभर्नर महाप्रसाद अधिकारी, कार्यकारी निर्देशक मीनवहादुर श्रेष्ठ, शिवराज श्रेष्ठ, जनकवहादुर अधिकारी र देवकुमार ढकाल थिए ।

यसैगरी संघका तर्फबाट अध्यक्ष बसन्तराज पाण्डे, उपाध्यक्षहरु उमाकान्त थपलिया र रुद्रप्रसाद तिमिल्सिना, महासचिव ढुन्डिराज विष्ट, सचिवहरु वावुराम कोइराला र गोविन्दप्रसाद भन्डारी  थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL