Logo

सिटिजन्स बैंकले सुरु गर्याे युएसडी इकम कार्ड सेवा, बार्षिक ५ सय डलर बराबरको विदेशी सेवा खरिद गर्न सकिने

सिटिजन्स बैंकले सुरु गर्याे युएसडी इकम कार्ड सेवा, बार्षिक ५ सय डलर बराबरको विदेशी सेवा खरिद गर्न सकिने



काठमाडौं । सिटिजन्स बैक इन्टरनेसनलले युएसडी इकम कार्डको सुरुवात गरेको छ । नेपाल राष्ट्र बंैकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैकले सो सुविधा प्रदान गर्न लागेको हो । यो सुविधा अन्र्तगत ग्राहकहरुले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटक पटक गरी बार्षिक ५ सय अमेरिकी डलर बराबर सम्मको रकम कार्डमा लोड गर्न बैंक समक्ष अनुरोध गर्न सक्नेछन् ।

उक्त इकम कार्ड प्रयोग गर्न चाहने ग्राहकहरुले आफ्नो खातामा ग्राहक पहिचान (केवाईसी) बिबरण अध्यावधिक गरेको एवं प्यान कार्ड लिएको हुनुपर्ने छ । यस अन्र्तगत ग्राहकहरुले नेपाल र भारत बाहेकका देशहरुबाट अनलाईन मार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सक्नेछन् । यो कार्ड प्रयोग गरी एटिएमबाट नगद झिक्न तथा पीओएसमार्फत कारोबार गर्न भने पाइने छैन ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव साढे ९ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्