Logo

सिभिल बैंक लिमिटेड र आइसनबिच सम्झौता सम्पन्न, बैंकका ग्राहकले सात राष्ट्रका स्वास्थ्य संस्थामा छुट पाउने

सिभिल बैंक लिमिटेड र आइसनबिच सम्झौता सम्पन्न, बैंकका ग्राहकले सात राष्ट्रका स्वास्थ्य संस्थामा छुट पाउने



काठमाडौं । सिभिल बैंक लिमिटेड र आइसनबिच सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा बैंककातर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंगका प्रमुख भोलाबहादूर विष्ट तथा आइसनकातर्फबाट कन्ट्रि विजिनेस डेभलपमेन्ट म्यानेजर आरती श्रेष्ठले हस्ताक्षर गरेकी हुन् । 

सम्झौतापत्र अनुसार सिभिल बैंकका कर्मचारी, ग्राहक तथा सम्वन्धित परिवारले आइसनसँग सात राष्ट्रहरु (भारत, थाईल्याण्ड, मलेशीया, सिंगापुर, ईजिप्ट, अमेरिका र बेलायत) मा अनुवन्धित ६४ अन्तराष्ट्रिय स्वास्थ्य संस्थाहरुमा औषधोपचार गराउँदा तथा स्वास्थ्य परामर्श लिँदा प्रथम पटक सात प्रतिशत छूट पाउने तथा द्वितीय पटकदेखि थप पाँच प्रतिशत समेत गरी कूल १२ प्रतिशत छूट पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL