Logo

एनआईबीएलले ल्यायो भर्चुअल इन्टरनेशनल कार्ड, अन्तरराष्ट्रिय वस्तु सेवा खरिदमा ३५ दिन ३५ प्रतिशत छुट

एनआईबीएलले ल्यायो भर्चुअल इन्टरनेशनल कार्ड, अन्तरराष्ट्रिय वस्तु सेवा खरिदमा ३५ दिन ३५ प्रतिशत छुट



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) ले एनआईबीएल भी–प्रिपेड इंटरनेशनल कार्ड शुरू गरेको छ। बैंकले सार्वजनिक गरेको भर्चुअल कार्ड मार्फत ग्राहकहरूले ५ सय अमेरिकी डलर प्रति वर्ष को हिसावले ई–कमर्स भुक्तानी गर्न सक्ने भएका छन ।

बैंकले ग्राहकहरूको लागि ३५ दिन ३५ प्रतिशत छुटको प्रस्ताव पनि सार्वजनिक गरेको छ। नेपाल इन्भेस्टमेन्ट बैंकले ८६ शाखा, १ सय ३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्याईरहेको छ ।

५ पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्