Logo

२०७८ सालको बैंक बिदाको सूचि सार्वजनिक, कुन कुन दिन पाईन्छ बैंकका कर्मचारीहरुलाई बिदा ?

२०७८ सालको बैंक बिदाको सूचि सार्वजनिक, कुन कुन दिन पाईन्छ बैंकका कर्मचारीहरुलाई बिदा ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७८ सालको बैंक बिदाको सूचि सार्वजनिक गरेको छ । राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा हुने बैंक बिदाको सूची बिहीबार सार्वजनिक गरेको हो।

राष्ट्र बैंकका अनुसार सम्बन्धित धर्म,संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र सार्वजनिक बिदा हुने पर्वहरुमा सम्बन्धित कर्मचारीहरुले स्वयम घोषणा गरी सम्बन्धित विभाग,कार्यालय,महाशाखा, इकाईहरु मार्फत् जनशक्ति व्यवस्थापन विभागमा अग्रिम रुपमा जानकारी गराएका बिदा पाउने व्यवस्था गरिएको छ । यस्तै बैंकहरुको वैशाख १ देखि कार्तिक १५ गते सम्म तथा माघ १५ गते देखि चैत मसान्तसम्म बिहान १० बजे देखि अपरान्ह ५ बजे कार्यालय समय तय भएको छ ।

यस्तै, कार्तिक १६ गते देखि माघ १५ गतेसम्म बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म कार्यालय समय रहेको छ भने शुक्रबार बिहान १० बजेदेखि अपरान्ह १ः३० बजेसम्म रहेको छ ।

यसैगरी, बैंकिङ कारोबार समय वैशाख १ गतेदेखि कार्तिक १५ गतेसम्म तथा माघ १५ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म रहेको छ ।

त्यस्तै, कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजे देखि अपरान्ह ३ बजेसम्म रहेको छ भने प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपरान्ह १२ः३० बजेसम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्