Logo

निफ्रा र नेपाल नगरपालिका संघबीच समझदारी : पूर्वाधारका परियोजना निर्माण, लगानी एवं सञ्चालन गर्ने

निफ्रा र नेपाल नगरपालिका संघबीच समझदारी : पूर्वाधारका परियोजना निर्माण, लगानी एवं सञ्चालन गर्ने



काठमाडौं । नेपाल नगरपालिका संघ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच पूर्वाधारका परियोजना निर्माण, लगानी एवं सञ्चालन गर्ने समझदारी भएको छ ।

सार्वजनिक निजी साझेदारीको माध्यमबाट विभिन्न नगरपालिकामा पूर्वाधारका परियोजनाहरुको विकास तथा कार्यान्वयन गर्न नगरपालिका संघ तथा निफ्राबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नगरपालिकाको सामाजिक आवश्यकता पूरा गर्न, भौतिक पूर्वाधारको निर्माण तथा सञ्चालनबाट नगरबासीहरुको लागि दैनिक जनजीवनमा सहजीकरण गर्न र राष्ट्रको द्रुत आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउन यो समझदारी गरिएको जनाइएको छ ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् ।

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरुलाई आवश्यक सहयोग पुर्‍याउने उद्देश्य लिई, सार्वजनिक–निजी साझेदारीको अवधारणामा स्थापित बैंकले नगरपालिका संघसँगको सहकार्यलाई अझ प्रगाढ बनाउँदै आगामी दिनमा मुलुकका अन्य निकायहरुसँग समेत यसैगरी सहकार्य गर्दै अघि बढ्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL