Logo

एनएमबि बैंकले ल्यायो अन्तर्राष्ट्रिय प्रिपेड कार्ड, परिवर्त्य विदेशी मुद्राको अनलाइन कारोवार गर्न सकिने

एनएमबि बैंकले ल्यायो अन्तर्राष्ट्रिय प्रिपेड कार्ड, परिवर्त्य विदेशी मुद्राको अनलाइन कारोवार गर्न सकिने



काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गर्ने आफू पहिलो भएको बैंकले जनाएको छ । उक्त प्रावधान अनुरुप अब एकै पटक वा पटक पटक गरी बार्षिक यूएस डलर ५०० सम्म वा सो बराबर अन्य परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड मार्फत अनलाइन कारोवार गर्न सकिने छ ।

अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित खाता खोली विदेशबाट पाइने सुविधाहरु जस्तै अनलाइन प्रवाह हुने सेवाहरु ९भारतमा बाहेक० जस्तै नेटफ्लिक्स, सपिङ्ग, शिक्षा लगायत आफ्नै कार्ड प्रयोग गरी सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसायलाई आफैले भुक्तान गरी तत्कालै प्रवर्द्धन गर्न सकिने बैंकले जानकारी दिएको छ ।

बैंकको देशभरीका १८० शाखाहरूमा यो योजना सञ्चालनमा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL