Logo

मुक्तिनाथ विकास बैंकको ‘होली सप्ताह अफर’, निशुल्क मोबाईल बैंकिङ सेवा पाईने

मुक्तिनाथ विकास बैंकको ‘होली सप्ताह अफर’, निशुल्क मोबाईल बैंकिङ सेवा पाईने



काठमाडौं । मुक्तिनाथ विकास बैंक फागू पूर्णीमा (होली)को अवसरमा ‘ होली सप्ताह अफर’ सार्वजनिक गरेको छ । बैंकले उक्त अफर अन्र्तरगत चैत्र ०६, २०७७ देखि चैत्र १३ गते, २०७७ भित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा १ सय रुपैयाँमा नै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ ।

यसका लागि ग्राहकले डेबिट कार्डको लागि फारम या आवेदन पनि यही अफर समय अवधि ( चैत्र ०६,२०७७ देखि चैत्र १३ गते, २०७७) भित्र दिनु पर्नेछ । साथै ग्राहकले खाता खोलेको मिति देखि ३ महिना सम्म मुक्तिनाथ मोबाइल बैंकिङ्गको सुविधा निशूल्क लिन सक्नेछन् ।

यस होली सप्ताह अफर सँगै ग्राहकले चाहेको निशूल्क डिम्याटखाता पनि बैंक मार्फत खोल्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्