Logo

प्रभुको नयाँ शाखा पुतलीसडकमा, विहीवारदेखि कारोवार शुरु

प्रभुको नयाँ शाखा पुतलीसडकमा, विहीवारदेखि कारोवार शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु बैंकले पुतलीसडक नयाँ शाखा स्थपना गरेको छ । बिहीबार एक कार्यक्रमवीच बैंकका संस्थापक रामप्रसाद दाहालले सो शाखाको उद्दघाटन गरे ।

गत वर्ष सम्पन्न मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये गंगबु शाखा कार्यालयलाई पुतलीसडकमा स्थानान्तरण गरिएको हो । कार्यक्रममा बैंकका अध्यक्ष श्री देवी प्रकाश भट्टचन,संचालक समिति तथा बैंकका उच्च व्यवस्थापकहरुको उपस्थीति रहेको थियो ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको बताइएको छ ।

शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन  हुँदा बैंकको सेवा विस्तारित हुनुका साथसाथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिंङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL