Logo

बिमा संस्थानले शुरु गर्यो बाल उमंग, १देखि ११ बर्षका बच्चाले बीमा गर्न सक्ने

बिमा संस्थानले शुरु गर्यो बाल उमंग, १देखि ११ बर्षका बच्चाले बीमा गर्न सक्ने


रामराजा श्रेष्ठ
0
Shares

 बिजखबर संबाददाता

१३ असार,काठमाडौं । राष्ट्रिय बिमा संस्थानले बालबच्चाका लागि सावधिक जीवन बिमा ‘बाल उमंग’ सुरु गरेको छ । संस्थान सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर महर्जनले बाल उमंग बिमा सुरु गरेका हुन् ।

२०६३ पुसदेखि अग्रिम भुक्तानी जीवन बिमाअन्तर्गत ‘बात्सल्य’ नामक जीवन बिमा गर्दै आएको संस्थानले बालबालिकालाई ध्यानमा दिएर नयाँ बिमा योजना ल्याएको जनाएको छ । बिमाका लागि न्यूनतम प्रवेश उमेर १ र अधिकतम उमेर ११ वर्ष तथा जीवन बिमाको न्यूनतम अवधि ५ वर्ष र अधिकतम अवधि १५ वर्षसम्मको हुने तथा अधिकतम भुक्तानी उमेर १६ वर्षको हुनेछ ।

न्यूनतम बिमांक १ लाख रुपैयाँ तथा अधिकतम प्रस्तावकको आयस्रोत र बिमित तथा प्रस्तावकको स्वास्थ्य परीक्षणका आधारमा जति पनि हुन सक्ने संस्थानले जनाएको छ ।

२ लाखभन्दा बढी बिमा गर्दा बिमा शुल्कमा प्रतिहजार १ रुपैयाँ तथा पाँचलाखभन्दा बढीको बिमा गर्दा प्रतिहजार २ रुपैयाँ छुट दिने संस्थान अध्यक्ष महर्जनले बताए ।

प्रतिक्रिया दिनुहोस्