काठमाडौं । विश्व बैंकले पशुपालन नवप्रवर्तन परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई करिब ८ अर्ब रुपैयाँ ऋण प्रदान गरेको छ ।
विश्व बैंकले नेपालमा कृषि तथा पशुपालनका लागि ऋण प्रदान गरेको हो । परियोजना देशमा २ सय ७१ नगरपालिकामा कार्यान्वयनमा आउनेछ ।
सो आयोजनाले नेपाल सरकारको कृषि विकास रणनीतिमार्फत दिगो कृषि विकास, आर्थिक वृद्धि, गरिबी छटाउने र पोषण एवं खाद्य सुरक्षा सुनिश्चित गर्ने लक्ष्य प्राप्तिमा थप सहयोग पुर्याउने दाबी छ ।