Logo

गहुँको समर्थन मूल्य तोकियो, कति पाउँछन् किसानले ?

गहुँको समर्थन मूल्य तोकियो, कति पाउँछन् किसानले ?



काठमाडौं । सरकारले किसानले उत्पादन गर्ने गहुँको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले चालु आर्थिक बर्ष २०८१/०८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको हो ।

जसअनुसार प्रति क्विन्टल ३ हजार ६७ रुपैयाँ ३ पैसा निर्धारण गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

गत वर्ष सरकारले समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रूपैयाँ १४ पैसा तोकेको थियो । गत वर्षको तुलनामा प्रतिक्वीन्टल २१७।२४ रुपैयाँ बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्