Logo

सूर्यदर्शन सहकारी ठगी प्रकरण : १९ जनाविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा

सूर्यदर्शन सहकारी ठगी प्रकरण : १९ जनाविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा



काठमाडौं। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जना विरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा दायर भएको छ। पूरक उजुरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले म्यादभित्रै मुद्दा दर्ता गरेको हो।

सहकारीको ठगी रकम गोर्खा मिडियामा लगानी गरी संगठित अपराध गरेको आरोपमा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीलाई प्रतिवादी बनाइएको छ। असोज ६ गते पक्राउ परेका जोशीलाई ९० दिनभित्र मुद्दा दर्ता गर्नुपर्ने कानुनी बाध्यता रहेकोमा आइतबार अन्तिम दिन परेको थियो।

बिदाको दिनका कारण आइतबारलाई अन्तिम मिति मानिएको जिल्ला सरकारी वकिल कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गरेको छ।

प्रतिक्रिया दिनुहोस्