काठमाडौं । नेपालमा २५ हजार मेट्रिकटन रासायनिक मल ल्याउने जिम्मा सिंगापुरको आदित्य बिर्ला ग्लोबल ट्रेडिङले पाएको छ ।
कृषि सामग्री कम्पनीले बिहीबार एक सूचना जारी गर्दै आदित्य बिर्ला ग्लोबल ट्रेडिङ सिंगापुरले २५ हजार डिएपी मल नेपालमा आपुर्ति गर्ने जिम्मा पाएको बताएको हो ।
कम्पनीले उक्त मल ल्याउने जिम्मा २ अर्ब ५४ करोड २६ लाख ५० हजार रुपैयाँमा पाएको हो । कम्पनीले जारी गरेको सूचना अनुसार सिंगापुरीयन कम्पनीले नेपालमा अबको १ सय ७ दिनभित्र मल ल्याईसक्नुपर्नेछ ।