Logo

सहकारी ठगी प्रकरण : नेचर हर्ब्सका संचालक राम बहादुर खनाल पक्राउ

सहकारी ठगी प्रकरण : नेचर हर्ब्सका संचालक राम बहादुर खनाल पक्राउ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआइबी)को टोलीले सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा नेचर हर्ब्स इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ ।

सहकारी ठगी प्रकणम रवि लामिछानेसहित उनको पनि नाम मुछिएपछि गोरखा ग्रुप अफ कम्पनीका सेयरधनीसमेत रहेका उनलाई सीआइबीको टोलीले पक्राउ गरेको हो।

उनलाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कास्कीमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्