Logo

गोर्खा मिडियाका सञ्चालक जोशीसँग समितिले लियो बयान

गोर्खा मिडियाका सञ्चालक जोशीसँग समितिले लियो बयान



काठमाडौं । सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान दिएको छ ।  शुक्रबार समितिले जोशीलाई बोलाएर बयान लिएको हो ।

साथै, समितिले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग पनि बयान लिने भएको छ । लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रवन्ध निर्देशक हुन् ।

गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जीवी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्
MBL