Logo

सहकारी बचत रकम अपचलनसम्बन्धी छानविन समिति गठन, ३ महिनामा अध्ययन गरी प्रतिवेदन बुझाउने

सहकारी बचत रकम अपचलनसम्बन्धी छानविन समिति गठन, ३ महिनामा अध्ययन गरी प्रतिवेदन बुझाउने



काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ । मंगलबार एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ गठन भएको हो ।

समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान रहेका छन् ।

समितिले सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानका उपायसहितको प्रतिवेदन सरकारलाई आगामी ३ महिनाभित्र बुझाउनुपर्नेछ । समितिले सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गर्नेछ ।

यस्तै समितिले समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्नुपर्नेछ ।
बचतकर्ताको बचत सुरक्षा र बचत फिर्ता अविलम्ब गर्नेबारे पनि कार्ययोजनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL