Logo

मुक्तिनाथ कृषि कम्पनीको ‘भिजन २०८५’, पाँच वटा कृषि संरचनाहरूको उद्घाटन

मुक्तिनाथ कृषि कम्पनीको ‘भिजन २०८५’, पाँच वटा कृषि संरचनाहरूको उद्घाटन



काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि संरचनाहरूको उद्घाटन गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.वेदुराम भुसालको प्रमुख आतिथ्यतामा पाँच वटा कृषि संरचनाहरूको उद्घाटन गरिएको हो ।

मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालका अनुसार कम्पनीले तयार गरेको ५ वर्षे रणनीतिक योजना “भिजन २०८५” अनुसार कृषक, उपभोक्ता, व्यावसायिक साझेदार, सेवाग्राहीहरूलाई देशव्यापी रूपमा उच्चस्तरीय र दिगो सेवा प्रदान गर्ने अभिप्रायले पाँच वटा कृषि संरचनाहरू सुरु गरिएको हो । इटहरी, बर्दिबास, काठमाडौं, बुटवल, सुर्खेत र धनगढीमा अवस्थित “प्रादेशिक कार्यालयहरू”, स्याङ्जा र चितवनमा अवस्थित “फार्म उत्कृष्टता केन्द्र”, कृषिमा लगानी प्रवर्द्धनका लागि “कृषि व्यवसाय परामर्श केन्द्र”, कृषकहरूलाई दैनिक सेवाको लागि “कृषकसंग मुक्तिनाथ कल सेन्टर” र आर्टिफिसियल इन्टेलिजेन्समा आधारित “मुक्तिनाथ एप” रहेका छन् ।

भरतराज ढकालले मुक्तिनाथ कृषि जस्ता पब्लिक कम्पनीहरूको लगानीलाई आकर्षण, प्रवर्द्धन, विकास र नियमनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहत एकीकृत कृषि विकास प्राधिकरणको स्थापना गर्दै सार्वजनिक निजी सहकारीको साझेदारीमा कृषि चक्रको निर्माण गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्