Logo

साउनमा मात्रै ६ लाख ७० हजार किलो गोलभेडा भारत निर्यात, झन्डै एक करोड आम्दानी

साउनमा मात्रै ६ लाख ७० हजार किलो गोलभेडा भारत निर्यात, झन्डै एक करोड आम्दानी



काठमाडौं । नेपालले गएको साउन महिनामा मात्रै भारततर्फ ६ लाख ७० हजार बढी किलो गोलभेडा निर्यात गरेको छ । भारतीय बजारमा यसको मूल्य आकासीएपछि नेपालबाट पनि यसको भारतीय व्यापारीहरुले सुरु गरेका हुन् ।

सोही अनुसार गएको साउन महिनामा ८७ लाख ३० हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ५ सय २० किलो गोलभेडा भारत निर्यात भएको हो ।

नेपालका विभिन्न नाकाहरु हँदै गोलभेडा भारत निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ ।

भारतमा गोलभेडाको सिजनमा उच्च गर्मीका कारण बोटमा किरा लागेपछि यो बर्ष गोलभेडाको उत्पादन तिव्र घटेको थियो । जसका कारण भारतीय बजारमा गोलभेडाको मूल्य ३ सय भारतीय रुपैयाँ प्रतिकिलोसम्म पुगेको थियो ।

सोही कुरालाई ध्यानमा राख्दै भारतीय व्यापारीहरुले चोर बाटोबाट भारतमा नेपाली गोलभेडा लिईरहेका थिए । तर, केहिदिन अघि मात्रै भारतले नेपालबाट गोलभेडा आयात खोलिदिएपछि यो वैधानिक बाटोबाटै भारत जान थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्