Logo

धानको समर्थन मूल्य तोकियो, गत बर्षभन्दा २ सय ३४ रुपैयाँले बढ्यो

धानको समर्थन मूल्य तोकियो, गत बर्षभन्दा २ सय ३४ रुपैयाँले बढ्यो



काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषदको बैंकले आगामी आर्थिक बर्षका लागि धानको समर्थन मूल्य तोकिदिएको हो ।

मन्त्रिपरिषदको निर्णयअनुसार सरकारले मोटा धानको न्यूनतम मूल्य प्रतिक्विन्टल २ सय ३१ रुपैयाँ बढाएर २ हजार १ सय १८ रुपैयाँ पुर्याएको छ । गत बर्ष यस्तो धानको मूल्य २ हजार ९ सय ६७ रुपैयाँ तोकेको थियो ।

यस्तै सरकारले मध्यम धानमा प्रतिक्विन्टल २ सय ३४ रुपैयाँले बढाएको छ । सरकारले गत वर्ष मध्यम धानको मूल्य प्रतिक्विन्टल ३१ सय २८ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो यो वर्ष ३३ सय ६२ रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL