काठमाडौं । सरकारले रासायनिक मल खरिदका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । सरकारले कृषिलाई प्राथमिकता दिँदै उत्पादन बृद्धि गर्ने योजना अनुरुपम बजेटमार्फत उक्त रकम विनियोजन गरेको हो ।
यसैगरी देशभित्रै प्राङ्गारिक मल उत्पादनलाई प्राथमिकता दिई आवश्यक बजेट विनियोजन गरेको समेत अर्थमन्त्री शर्माले जानकारी दिए । यसैगरी सरकारले आगामी आर्थिक वर्ष २०७९।८० लाई कृषि जैविक विविधता वर्षको रुपमा मनाउने भएको छ ।