Logo

गौंथली साकोस र शिक्षान्तर विद्यालयबीच सम्झौता, संस्थाका सेयर सदस्यलाई विद्यालयको शुल्कमा विशेष छुट

गौंथली साकोस र शिक्षान्तर विद्यालयबीच सम्झौता, संस्थाका सेयर सदस्यलाई विद्यालयको शुल्कमा विशेष छुट



काठमाडौं । मैतिदेवीस्थित गौंथली साकोस बचत तथा ऋण सहकारी संस्था र सिनामंगलस्थित शिक्षान्तर विद्यालयबीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच गौंथली साकोसका प्रमुख कार्यकारी संचालक चेतन न्यौपाने र विद्यालयका प्रिन्सीपल अजन्ता दासबीच उक्त सम्झौता भएको हो ।

सम्झौताअनुसार गौंथली साकोसका सेयर सदस्यहरुका बालबालिकालाई शिक्षान्तर विद्यालयमा माध्यमिक शिक्षासम्म विभिन्न छुट पाईनेछ । जसअन्तर्गत बालबालिकाले नर्सरीदेखि १० कक्षासम्मको भर्ना शुल्क र अतिरिक्त (ट्युसन) कक्षाको शुल्कमा २५ प्रतिशत छुट पाउनेछन् । यस्तै कक्षा ११ को भर्ना र ट्युसन शुल्कमा ५० प्रतिशत छुट पाउनेगरी उक्त सम्झौता भएको हो ।

कोरोना महामारी र यसले निम्त्याएको बन्दाबन्दीका कारण अभिभावको आम्दानी घटिरहेको अवस्थामा उक्त साझेदारीले अभिभावकलाई केही राहत हुने संस्थाका संचालक न्यौपानेले जानकारी दिए ।

यस्तै, विद्यालयकी प्रिन्सीपल अजन्ता दासले पनि उक्त सम्झौताले अभिभावकलाई राहत पुग्ने भएकाले आफु खुसी भएको बताएकी छन् । उनले विद्यालयले व्यवसायलाई मात्रै ध्यान नदिई सेवा कार्यलाई पनि ध्यान दिनुपर्ने बताईन् ।

प्रतिक्रिया दिनुहोस्