Logo

स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब बजेट विनियोजन, केका लागि कति (सूची सहित)

स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब बजेट विनियोजन, केका लागि कति (सूची सहित)



काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैया बजेट विनियोजन गरिएको छ । कोरोना पछिको स्वाथ्य उपचारका लागि सरकारले रकम विनियोजन गर्दै आगामी आबका लागि सरकारले स्वास्थ्य क्षेत्रमा उक्त बजेट विनियोजन गरेको हो ।
सरकारले आगामी बर्ष खोप खरिद तथा कोरोना महामारी रोकथाम तथा व्यवस्थापनका लागि सबैभन्दा बढी बजेट विनियोजन गरेको हो ।
कुन क्षेत्रमा कतिस्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेटका मुख्य बुँदाहरु

१.कोरोना खोप खरिद तथा व्यवस्थापनका लागि रु २६ अर्ब ७५ करोड विनियोजन
२.कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड विनियोजन
३.स्वास्थ्य उपकरण खरिद – रु. ४ अर्ब
४.औषधि खरिद – ५ अर्ब ६० करोड
५.मुटुरोग (७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक), पार्किन्सन, स्पाइनल कर्ड इन्जुरी – २ अर्ब ५० करोड
६.सरुवारोग अस्पताल निर्माण – १ अर्ब ५० करोड
७.कोरोना महामारीभर अक्सिजन प्लान्ट निर्माणमा लाग्ने रकमको ५० प्रतिशत अनुदान दिइने । साथै महामारी अवधिभर अक्सिजन उत्पादनमा लाग्ने बिजुली महसुल ५० प्रतिशत छुट ।
८.काठमाडौं उपत्यकामा ३ सय शैय्याको सरुवारोग अस्पतालसहित सबै प्रदेशमा ५० शैय्याको सरुवारोग अस्पताल बन्ने । यसका लागि रु १ अर्ब ३० करोड बजेट विनियोजन ।
९.आगामी वर्ष ६ लाख २० हजार बालबालिकालाई खोप उपलब्ध गरिने ।
१०.७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको मुटुरोग, पार्किन्सन्स, स्पाइनल कर्ड इन्जुरीका बिरामीको निःशुल्क उपचारका लागि रु. २ अर्ब ५० करोड ।
११.रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माण गर्न रु. १ अर्ब २८ करोड
१२.कान्ति बाल अस्पताललाई रु. ३४ करोड
१३.सहिद गंगालाल हृदयरोग अस्पताललाई रु. ५८ करोड
१४.स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि रु. ७ अर्ब ५० करोड
१५. स्वास्थ्य स्वयम्सेविकाको भत्ता शतप्रतिशत वृद्धि
१६. सबै जिल्लामा आयुवेर्द अस्पताल निर्माण गरिने

प्रतिक्रिया दिनुहोस्
MBL