काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको एक प्रतिनिधि मण्डलले राजस्व सचिव लाल शंकर घिमिरेसंग भेट–वार्ता गरेका छन् । राजस्व सचिव घिमिरेसँग चेम्बर प्रतिनिधिले बिहीबार अर्थ–मन्त्रालयमा भेट तथा छलफल गरेका हुन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले उद्योगी–व्यवसायीहरुले भोग्न परिरहेका समस्याहरुको बारेमा राजस्व सचिवलाई जानकारी गराएका थिए ।
चेम्बर अध्यक्ष श्रेष्ठको नेतृत्वमा गएको उक्त प्रतिनिधि मण्डलमा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, अन्य उपाध्यक्षहरु तथा कार्यसमिति सदस्हरुको उपस्थिति रहेको थियो थियो ।