Logo

नेपालको मुहार फेर्ने भनिएको काठमाडौं-केरुङ रेलमार्गबाट पछि हट्यो सरकार, काठमाडौं-रक्सौलका लागि पनि छैन बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको लागि रेलमार्गसम्बन्धी अति नै महत्वकाँक्षी भनिएका आयोजनामा बजेट काटेको छ । नेपालकै मुहार फेर्ने भनिएको बहुप्रचारित नेपाल चीन जोड्ने काठमाडौं–केरुङ रेलमार्गको लागि समेत आगामी आव २०७७–०७८ को बजेटमा रकम छुट्याइएको छैन । यस्तै काठमाडौंबाट भारत जोडने भनिएको काठमाडौं–रक्सौल रेलमार्गका लागि पनि बजेट विनियोजन नभरेको रेल विभागले जानकारी दिएको छ…