Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले पायो ऋणपत्र निष्कासन अनुमति, वार्षिक १० प्रतिशत ब्याज दिने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति पाएको हो । यो ऋणपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले कुल कित्ता ऋणपत्रमध्ये १६ लाख १६ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ…