काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनले बिना कुनै ढिला सुस्ति नेपाल – भारत सीमामा देखिएको अवरोध हटाउन आग्रह गरेका छन् । राष्ट्रसंघले एक विज्ञप्ति जारी गर्दै सीमाबाट अत्यावश्यक सामान ढुवानीमा देखिएको अवरोध प्रति चिन्ता ब्यक्त गरेको हो । विज्ञप्तिमा नेपालको पारवाहन अधिकार माथि कुनै प्रकारको अवरोध नहुने गरि तत्काल सीमा खोल्न आग्रह गरिएको छ ।…