Logo

गुगल प्लस बन्द हुँदै, बिकल्पमा गुगल फोटोज एप

गुगल प्लस बन्द हुँदै, बिकल्पमा गुगल फोटोज एप


रामराजा श्रेष्ठ
0
Shares

७ साउन ,काठमाडौं । सर्च इन्जिन गुगलले गुगल प्लस फोटोज बन्द गर्ने भएको छ । गुगलले मंगलवार यस्तो घोषणा गरेको हो । साथै गुगल प्लस फोटोजको बिकल्पमा गुगल फोटोज एप बनाउन लागेको बताएको छ ।

सर्च इन्जिन गुगलले अगस्ट १ देखि पुरानो फाटो सर्भिस बन्द गर्न लागेको हो ।

पहिला एण्ड्रोइड र वेव तथा आइओएसमा विस्तारै बन्द गरिने बताइएको छ । गुगल पाmटो एप गुगल प्लसको तुलनामा शक्तिशाली हुने बताइएको छ । जसमा १६ मेगापिक्लसको फोटो तथा १०८० पिक्सलको फिडियो, इडिटिङ अप्क्ष्सन, तथा फोटो तथा भिडियोलाई लिंकबाट सेयर गर्ने सुविधा पनि थप गरिने बताइएको छ । जुन पहिला इमेल बाट जाने गथ्र्यो ।

अटोमेटिक साइन्किङ,फोटोको अटोमेटिक गु्रपिङ जस्ता सुविधा छन् । त्यस्तै गुगल प्लस फोटो बाट गुगल फोटो स्वीचिङ गर्दा सबै भिडियो, फोटो तथा एल्बम पाउन सक्नुहुनेछ । जुन स्ट्याण्डएलोन एपमा सेभ भइसकेको हुन्छ ।

गुगल लगइनबाट वेवमा पनि आफ्नो फोटो पाउन सकिन्छ । नयाँ गुगल फोटो एप अपलोड नगरेपनि नयाँ गुगल फोटोज एप फोटोज डट गुगल डट कममा सुरक्षित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्