काठमाडौं । सरकारले नेपाललाई अन्तरराष्ट्रिय चलचित्र केन्द्रको रूपमा विकास गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार व्यवस्थापिका संसदमा पेश गरेको आर्थिक सर्वेक्षण २०७२र७३ मा नेपाललाई अन्तर्रा्ष्ट्रिय चलचित्र ‘सुटिङ हब’ बनाउने योजना अघि सारिएको हो । जसअनुसार दोलखाको लाँकुरी डाँडा गाविसको वडा वम्बर ८ र ९ स्थित दाँदरदेवी सामुदायिक बनको करिब ७६ हेक्टर क्षेत्रलाई चलचित्र…