Logo

साझाले रुट थप गर्यो, थानकोट देखि बुढानिलकण्ठसम्मका यात्रुलाई सेवा दिने

साझाले रुट थप गर्यो, थानकोट देखि बुढानिलकण्ठसम्मका यात्रुलाई सेवा दिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साझा यातायातले थानकोट र बुढानिलकण्ठसम्म सेवा दिने गरी रुट परिवर्तन गरेको छ । यात्रुहरुको सुविधालाई ध्यानमा राखेर साझाले थानका रुट परिवर्तन गरेको हो ।

यसअघि लगनखेलदेखि नयाँ बसपार्क जाने रुटमा चलिरहेका १० मध्ये २ वटा बसले अब बुढानीलकण्ठका यात्रुलाई सेवा दिने बताइएको छ ।

यसैगरी एयरपोर्टबाट कलंकी हुँदै स्वयम्भु जानेमध्ये २ वटा बसले थानकोटका त्रिभुवनपार्कसम्म सुविधा दिन सुरु गरेको हो ।
सेवा विस्तारसँगै बुढानिलकण्ठ र थानकोट क्षेत्रका यात्रुले लाभ लिने साझा यातायातका कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्