Logo

खुल्यो २१ प्रकारका उद्योग व्यवसाय, बैंक वित्त र निजी कम्पनीमा ५० प्रतिशत कर्मचारी मात्र राख्न पाईने

खुल्यो २१ प्रकारका उद्योग व्यवसाय, बैंक वित्त र निजी कम्पनीमा ५० प्रतिशत कर्मचारी मात्र राख्न पाईने



काठमाडौं । सरकारले विभिन्न २१ प्रकारका उद्योग व्यवसायलाई संचालन गर्न दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैंठकले बिहीबारदेखि विभिन्न २१ प्रकारका उद्योग व्यवसायलाई पूर्ण रुपमा संचालन गर्न दिने निर्णय गरेको हो ।

जसमध्ये धेरैजसो उद्योग व्यवसाय आजैबाट संचालनमा आउने छन् भने कतिपय असार १ गतेदेखि मात्र संचालन गर्न पाईने एक मन्त्रीले जानकारी दिए ।

सरकारले सबैजसो पसलदेखि निजी स्तरबाट संचालित विकास निर्माणका कार्य, प्याकेजिङ गरेर संचालन गर्ने रेष्टराँदेखि सम्पूर्ण उत्पादनशिल उद्योग संचालन गर्न दिने निर्णय गरेको हो ।

तर सरकारले त्यसरी उद्योग व्यवसाय संचालन गर्दा मौजुदा कर्मचारीको ५० प्रतिशत कर्मचारीबाट काम गर्न निर्देशन दिएको छ । विशेषगरी बैंक वित्तीय संस्था, गैरसरकारी तथा निजीक्षेत्रका कार्यालयहरुका साथै अन्य सरकारी कार्यालयहरुलाई ५० प्रतिशतसम्म कर्मचारी राखेर संचालन गर्न निर्देशन दिएको हो ।

बुधबार बसको मन्त्रिपरिषद बैठकले तीन चरणको मोडालिटीमा लकडाउन खुला गर्ने निर्णय गरेको थियो । जसमा पहिलो चरणमा बैंक तथा वित्तीय संस्थाहरु लगायत २१ प्रकारका उद्योग व्यवसाय संचालन गर्ने निर्णय गरेको हो ।

सरकारले तत्कालका लागि ५० प्रतिशत कर्मचारीमा संचालन गर्ने बताएका पनि अवस्था सामान्य बन्दै गएमा बैंक तथा वित्तीय संस्था एंवम बीमा कम्पनीहरु साउनको पहिलो साताबाट मात्र शतप्रतिशत कर्मचारी राखेर संचालन गर्न सक्ने बताएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैंठकले तत्काल खुल्ने र नखुल्ने गरी तयार पारेको उद्योग व्यवसायको प्रकृति यस प्रकार छन् ।

पहिलो चरणमा आजबाट खुल्ने उद्योग व्यवसाय

१) स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत
२) औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी
३) पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण
४) फोहोरमैला व्यवस्थापन
५) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा
६) बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा
७) सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य
८) कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य
९) उत्पादनशील उद्योग
१०) निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय
११) विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धिधधतसमेत)
१२) निर्माण कार्य (निजीसमेत)
१३) नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण
१४) रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा
१५) क्वारेन्टिनका लागि तोकिएका होटल
१६) बिजुलीका सामान बिक्री र मर्मत
१७) विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप
१८) पुस्तक पसल तथा स्टेसनरी
१९) सबै प्रकारका ढुवानी सेवा
२०) अत्यावश्यक सेवाका कार्यालय
२१) अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)

दोस्रो चरणको लकडाउनमा थप गरिने सञ्चालनका क्षेत्र तथा सेवाहरु

१ सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था (सामान्यतया ७५ प्रतिशत कर्मचारी रहने गरी)

२ एक लहरमा एक जना यात्रु मात्र बस्ने गरी विद्युतीय रिक्सा

३ ट्याक्सी (चालक बाहेक थप दुई जना यात्रु रहने गरी)

४ रेस्टुरेन्ट तथा खाजाघर (व्यक्ति व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दुरी कायम रहने गरी)

प्रतिक्रिया दिनुहोस्