Logo

३६ लाख भन्दा बढी संक्रमित निको भएर घर फर्के, ज्यान गुमाउनेको संख्या सवा ४ लाख (अपडेट)

३६ लाख भन्दा बढी संक्रमित निको भएर घर फर्के, ज्यान गुमाउनेको संख्या सवा ४ लाख (अपडेट)



काठमाडौं । विश्वभर फैलिएको कोरोना संक्रमणबाट ३६ लाख २ हजार ५८० जना मुक्त भएका छन । डिसेम्बर अन्तिमबाट सुरु भएको उक्त भाईरसले हाल विश्वमा आक्रान्त फैलिरहेको बेला ३६ लाख २ हजार ५८० जना भने निको भएर घर फर्किसकेका छन ।

७३ लाख १८ हजार १२४ जना संक्रमित भेटिएका छन भने सोही भाईरसका कारण विश्वभर ४ लाख १३ हजार ६४८ जनाले ज्यान गुमाईसकेका छन । चीनको वुहानबाट सुरु भएको उक्त भाईरस हाल विश्वका २१३ ओटा देशमा फैलिसकेको छ ।

सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा मात्रै २० लाख ४५ हजार ५४९ जना संक्रमित देखिएका छन । ७ लाख ८८ हजार ८६२ जना उपचार पछि निको भएर घर फर्केका छन भने १ लाख १४ हजार १४८ जनाले ज्यान गुमाईसकेका छन ।

विश्वमा एक लाख भन्दा बढी संक्रमितहुने देशहरुको संख्या १६ रहेको छ । जस मध्ये १ नम्बरमा अमेरिका रहेको छ भने अन्तिम १६ मा १ लाख ८ हजार ३१७ जना संक्रमित सहित पाकिस्तान रहेको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै १० हजार भन्दा बढीको संख्यामा ज्यान गुमाउने देशहरु भने ७ ओटा मात्रै रहेका छन । पछिल्लो २४ घण्टामा थप भएका नयाँ संक्रमितहरुको संख्या ५ हजार ९२६ जना रहेका छन भने ज्यान गुमाउनेको संख्या ६४५ जना रहेको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्