Logo

सोमबार थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३७६२ पुग्यो

सोमबार थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३७६२ पुग्यो



काठमाडौं । सोमबार थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार मात्रै थप ३१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या ३ हजार ७ सय ६२ जना पुगेको छ ।

संक्रमितहरु झापा, सुनसरी, मोरङ, सप्तरी, जनकपुर, स्याङजा, कास्की, बारा, पर्सा, रौतहट, दाङ, बाँके, दैलेख, सल्यान, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, नवलपरासी, पाल्पा, प्युठान, रुपन्देही र सर्लाहीका रहेका छन ।

त्यस्तै उपचार पछि घर फर्कनेको संख्या २१ जना रहेको छ । २१ जना संक्रमितहरु घर फर्केसँगै उपचार पछि निको हुनेको संख्या ४८८ पुगेको छ । त्यस्तै थप १ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्