Logo

कोरोना भाईरस संक्रमितको संख्या ७१ लाख नजिक, अमेरिकामा मात्रै २० लाख नाघ्यो (अपडेट)

कोरोना भाईरस संक्रमितको संख्या ७१ लाख नजिक, अमेरिकामा मात्रै २० लाख नाघ्यो (अपडेट)



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरसबाट संक्रमितहुनेको संख्या ७१ लाख पुगेको छ । तथ्याङ्क अनुसार हालसम्म २१३ देशमा फैलिएको उक्त भाईरस ७० लाख ८६ हजार ४१७ जनामा संक्रमित देखिएका छन ।

त्यस्तै उपचार पछि निको भएर घर फर्कनेको संख्या ३४ लाख ६० हजार १७१ जना पुगेका छन भने मृत्यु हुनेको संख्या ४ लाख ६ हजार १२६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४ हजार २६४ जना नयाँ संक्रमित थपिएका छन भने १ हजार ४५ जनाले ज्यान गुमाएका छन ।

सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या २० लाख ७ हजार ४४९ जना पुगेको छ भने कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ लाख १२ हजार ४६९ जना पुगेको छ । उपचार पछि घर फर्कनेको संख्या भने ७ लाख ६१ हजार ७०८ जना पुगेको छ ।

अमेरिका पछि बढी प्रभावित हुने देशहरुमा भने ब्राजिल, रसिया, स्पेन, बेलायत, भारत, पेरु जर्मन, इरान टर्कि, फ्रान्स चिली, मेक्सीको र साउदी अरेबिया रहेका छन । पछिल्लो २४ घण्टामा मेक्सीकोमा मात्रै थप ३ हजार ४८४ जना नयाँ संक्रमित थपिएका छन । त्यस्तै १० हजार भन्दा बढीको संख्यामा मृत्यु हुने देशहरुमा भने ब्राजिल, स्पेन, बेलायत, इटालि, फ्रान्स र मेक्सीको रहेका छन ।

प्रतिक्रिया दिनुहोस्