Logo

आईतबार थप ५४ जनामा कोरोना संक्रमण पुष्टि, कर्णाली प्रदेशमा संक्रमितको संख्या ६४१ पुग्यो

आईतबार थप ५४ जनामा कोरोना संक्रमण पुष्टि, कर्णाली प्रदेशमा संक्रमितको संख्या ६४१ पुग्यो



काठमाडौं । कर्णाली प्रदेशमा आईतबार थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु सल्यानका २८ जना, सुर्खेतका २० जना, दैलेखका ३ जना र कालीकोटका ३ जना रहेको महाशाखाले जानकारी दिएको छ । आईतबार ५४ जना थपिएसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ६४१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्