Logo

उच्चस्तरिय समन्वय समितिको बैठक : लकडाउन खुकुलो बनाउदै उद्योग व्यवसाय संचालनमा ल्याईने

उच्चस्तरिय समन्वय समितिको बैठक : लकडाउन खुकुलो बनाउदै उद्योग व्यवसाय संचालनमा ल्याईने



काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाई अत्यावश्यक उद्योगधन्दालाई सहजीकरण गरेर चरणवद्ध तरिकाले संचालनमा ल्याउने तयारी गरेको छ । शनिबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले सहजीकरणका लागि मस्यौदा तयार पारेर त्यसमाथि छलफल गरेको हो । शनिबार बसेको बैठकमा लकडाउनलाई सहजीकरण गर्नेबारे पहिलो चरणको छलफल भएको हो ।

यसपछि विभिन्न आर्थिक क्रियाकलापलाई चलायमान बनाईराख्न बैंकिङ, कृषिसम्बन्धी उद्योग, औषधि उपचारका उद्योगहरुलाई सहजीकरण गरेर संचालनमा ल्याउने बारे अन्य चरणबद्ध बैठकहरु बसेर अन्तिम रुप दिईनेछ । सरकारले आजको बैठकमार्फत उद्योगधन्दाहरुका लागि भने सहजीकरण गर्नेबारे छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्