Logo

एकैदिन ५९ जनामा संक्रमण देखिएपछि बाँकेको नरैनापुर अनिश्चितकालका लागि सील, सुरक्षाकर्मी परिचालन

एकैदिन ५९ जनामा संक्रमण देखिएपछि बाँकेको नरैनापुर अनिश्चितकालका लागि सील, सुरक्षाकर्मी परिचालन



काठमाडौं । बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द (सिल) गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको हो ।

बाँकेको सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिकामा सङ्क्रमण न्यूनिकरणका लागि अत्यावश्वक कामबाहेक पूर्ण रुपमा आवतजावत ठप्प हुने गरी बन्द गरिएको छ । यसका साथै नरैनापुरमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।

नरैनापुरमा सोमबार फेला परेका ५९ जनासहित गाउँपालिकामा मात्रै सङ्क्रमितको सङख्या ६८ पुगेको छ । यसअघि नै नरैनापुरमा एक जनाको मृत्यु हुने गरी नौ जनामा सङ्क्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्