Logo

रोल्पाका २२ वर्षीय युवकको आईसोलेसनमा मृत्यु, कोरोनाको आशंकामा स्वाव परिक्षण गरिदैं

रोल्पाका २२ वर्षीय युवकको आईसोलेसनमा मृत्यु, कोरोनाको आशंकामा स्वाव परिक्षण गरिदैं



काठमाडौं । रोल्पास्थित जिल्ला अस्पतालको आइसोलेसनमा एक युवकको मृत्यु भएको छ। सोमबार बेलुकी ४ बजे आईसोलेसनमा राखेका २२ बर्षिय युवकको मृत्यु भएको हो ।

काठमाडौंको टिचिङ अस्पतालमा डायलासिस गराउँदै आएका उनलाई आईतबा मात्रै रोल्पा पुर्याईएको थियो । आईतबार राती १० बजे रोल्पा पुगेका उनलाई जिल्ला अस्पताको आईसोलेसनमा राखिएको थियो ।

आईतबार नै युवकको र्यापिड टेस्ट गर्दा नतिजा नेगेटिभ आएको थियो । तर उनका मृत्युपश्चात पुनः पीसीआर जाँचका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ । बाँकी रिपोर्ट पनि स्वाव परिक्षण पछि मात्रै आउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्