Logo

कोरोनाका कारण विश्वभर ९७ नेपालीको मृत्यु, कुन देशमा कति जनाको निधन (सुचिसहित)

कोरोनाका कारण विश्वभर ९७ नेपालीको मृत्यु, कुन देशमा कति जनाको निधन (सुचिसहित)



काठमाडौं । चीनको हुवेई प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाईरसको महामारीले विश्वभरीका ३ लाख बढीको ज्यान लिईसकेको छ । साथै ४० लाख भन्दा बढी संक्रमित पुगेका छन् । तर नेपालमा भने यसले अन्य देशको तुलनामा केही कम असर पारेको देखिन्छ।

तर पनि विश्वभर यसैका कारण मृत्यु हुने नेपालीहरुको संख्या भने ९६ पुगेको छ । नेपालमा हाल ३ सय ५७ जनामा देखिएको कोरोनाका संक्रमण दिनप्रतिदिन फैलँदो छ । साथै पछिल्लो ३ दिनमा यसैका कारण २ जनाको नेपालमै मृत्यु भईसकेको छ ।

तर यसैका कारण धेरैभन्दा धेरै नेपालीको मृत्यु भने बेलायतमा भएको पाईएको छ । बेलायतमा मात्रै कोरोना भाईरसका कारण ६३ जनाको मृत्यु भईसकेको छ । त्यसपश्चात अमेरिकामा भने कोरोना भाईरसका कारण १५ जनाले ज्यान गुमाईसकेका छन् ।

कोरोनाको कारण बिश्वमा ९७ नेपालीको मृत्यु – कहाँ कतीको मृत्यु भयो सुची सहित :


बेलायत – ६३
अमेरिका – १५
संयुक्त अरब इमिरेट्स (युएइ)
साउदी अरब – २
आयरल्याण्ड – १
जापान – १
टर्की – १
नेदरल्याण्ड – १
बहराइन – १
स्वीडेन – १
नेपाल – २

प्रतिक्रिया दिनुहोस्