Logo

नेपालका ३१ जिल्लामा फैलियो कोरोना, सोमबार एकैदिन ६२ जनामा भेटियो संक्रमण

नेपालका ३१ जिल्लामा फैलियो कोरोना, सोमबार एकैदिन ६२ जनामा भेटियो संक्रमण



काठमाडौं । नेपालमा एकजनाबाट सुरुवात भएकोक कोरोना संक्रमण हालसम्म ३ सय ५७ जनामा फैलिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार सोमबार एकैपटक ६२ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ३ सय ५७ पुगेको हो । जसमध्ये २ सय ९८ जना पुरुष र ५९ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

मन्त्रालयका अनुसार हालसम्म नेपालका ३१ जिल्लामा कोरोनाको संक्रमण फैलिसकेको छ । जसमध्ये सबैभन्दा बढी बाँके, उदयपुर र कंचनपुरमा संक्रमितको संख्या बढी रहेको छ ।

संक्रमितमध्ये हालसम्म ३६ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्