काठमाडौं । जिओ अटोमोवाईलले फोर्ड फ्रीस्टाइल ल्याउने भएको छ ।
आउँदो मे १ देखि ३ मा ललितपूरको लविम मलमा फोर्डको सो गाडी प्रदर्शनमा राख्ने भएको हो ।
एसयुभि जस्तो डिजाइन भएको सो गाडीमा नयाँ प्रविधियुक्त रहेको कम्पनीको दावि छ । यसका साथै सो गाडीमा थ्री डाइमेन्स्नल मेसको ग्रिल राखिएको र फ्रन्ट बम्परमा स्कीड प्लेट र फेसिया सेक्सन जोडिएकोले गाडी आकर्षीत भएको कम्पनीले जानकारी दिएको छ ।
सो गाडीमा रहेको टिआइभीसीटी पेट्रोल इन्जिन सानो र हलुका रहेको छ ।