काठमाडौं । बैंकिङ समुहको परिसुचक बढेपछि समग्र नेप्से परिसुचक उकालो लागेको छ । बजार खुलेदेखि बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तमा ९ दशमलव १८ अंकले बढेको छ । साताको अन्तिम दिन नेप्से परिसुचक १ हजार १ सय ९० दशमलव १६ अंकमा पुगेर अडिएको छ ।
दिनभर बजारमा सवैभन्दा बढी बैंकिङ समुहको परिसुचक उकालो लागेको छ । बजारमा बढी प्रभाव पार्ने सो समुहको परिसुचक १८ दशमलव ९६ अंकले बढेको छ । त्यसैगरी, विकास बैंक समुह ७ अंकले बढेको छ भने व्यापार र फाइनान्स समुह सामान्य उकालो लागेका छन् ।
बजारमा होटल, जलविद्युत, इन्स्योरेन्सलगायतका समुह भने ओरालो लागेका छन् । कुल १ सय ४० कम्पनीको सेयर कारोवार भएको छ । दिनभर कुल ५७ करोड रुपैयाँ बरावरको १२ लाख २३ हजार कित्ता सेयर खरिद विक्री भएको छ ।